यूएईमा सरकार विरुद्ध प्रदर्शन गर्ने ५७ बंगलादेशी जेल चलान

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०८१ | काठमाडौं

संयुक्त अरब इमिरेट्स यूएईमा आफ्नो सरकार विरुद्ध प्रदर्शन गरेको भन्दै ५७ जना बंगलादेशी नागरीकलाई जेल चलान गरेको छ ।

बंगलादेश सरकारको विरोधमा उनीहरुले युएईको विभिन्न शहरमा प्रदर्शन गरेका थिए । युएईको एक अदालतलेसरकारका विरुद्ध प्रदर्शन गरेको भन्दै लामो समय सम्म जेल सजाय तोकेको हो ।

उनीहरु मध्ये तीन जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ भने अन्य ५३ जनालाई १० वर्ष र एक जनालाई ११ वर्षको सजाय सुनाइएको स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 


प्रतिक्रिया