गाजा युद्धबारे इजरेली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी राष्ट्रपति बाइडेनसँग छलफल गरे

श्रावण ११, २०८१ | काठमाडौं

अमेरिका भ्रमणमा रहेका इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बाईडेनसंग भेटवार्ता गर्नुभएको छ ।

गाजामा जारी युद्धकाबीच प्रधानमन्त्री नेतान्याहुले अमेरिका भ्रमण गरेको भन्दै इजरेलमा भने हजारौंले प्रदर्शन गरेका छन् । 

अमेरिकी राष्ट्रपति बाईडेन र इजरेली प्रधानमन्त्री नेतान्यहूबीच गाजामा जारी युद्ध अन्त्यका लागि छलफल भएको अलजजिराले जनाएको छ ।

हमाससंग युद्ध विरामका लागि राष्ट्रपति बाइडेनले इजरेल समक्ष गत मेमा ३ चरणमा युद्धविराम गर्न सकिने प्रस्ताव गर्नुभएको थियो । 

यसैबीच इजरेली प्रधानमन्त्री नेतान्याहुसंग भेटवार्ता गर्दै उपराष्ट्रपति कमला ह्यारिसले गाजामा युद्ध अन्त्यको समय आएको बताउनुभएको छ ।

बाईडेनसंगको भेटवार्ता अघि प्रधानमन्त्री नेतान्याहुले अमेरिकी संसदमा सम्बोधन गर्दै गाजामा जारी युद्धको प्रतिरक्षा गर्नुभएको थियो ।

 प्रधानमन्त्री नेतान्याहुकोसम्बोधनलाई अमेरिकी धेरै सांसदले बहिष्कार गरेका थिए । 

त्यस्तै, इजरेललाई सैन्य सहायता रोक्न माग गर्दै अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस अगाडी हजारौंले प्रदर्शन गरेका थिए ।

गाजामा इजरेली आक्रमणका कारण हालसम्म ३९ हजार प्यालेष्टाइनीको मृत्यु भएको जनाइएको छ ।  


प्रतिक्रिया