सरकार विरोधी प्रदर्शनमा घाइते भएका बंगलादेशका विद्यार्थीको उपचारमा प्रहरी हस्तक्षेप

श्रावण १२, २०८१ | काठमाडौं

बंगलादेशमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा परि घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले अस्पतालबाट निकालेको छ ।

प्रदर्शनको नेतृत्व गरेका ३ जना विद्यार्थी नेताहरुलाई प्रहरीले जबरजस्ती अस्पतालबाट निकालेको बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा भएको झडपमा परि घाइते भएका उनीहरुको उपचार भइरहेको अवस्थामा प्रहरीले हस्पक्षेप गरेको चिकित्सकले जनाएका छन् ।

गोनोस्थय अस्पतालमा उनीहरुको उपचार भइरहेको थियो । हिंसा भड्काएको आरोपमा प्रहरीले विद्यार्थीलाई घर घरमा छापा मारेर यातना दिइरहेको समेत जनाइएको छ । अस्पतालमा प्रहरी हस्तक्षेपको बारेमा सोधिएको प्रश्नबारे जवाफ दिँदै सूचनामन्त्री मोहम्मद अलि अराफतले घटनाबारे अनुसन्धान गरिने जनाउनुभएको छ ।

तर प्रहरीलाई बदनाम गराउने उद्देश्यले गलत सन्देश फैलाइएको हुन सक्ने अराफतको आशङ्का छ । सरकारी जागिरको कोटामा सत्तारुढ दल समर्थक व्यक्तिका परिवारलाई बढी मात्रामा प्राथमिकता दिइएको भन्दै बंगलादेशमा प्रदर्शन भएको थियो ।   


प्रतिक्रिया