अमेरिकी राष्ट्रपतिका लागि कमला ह्यारिसको उम्मेदवारी घोषणा

श्रावण १२, २०८१ | काठमाडौं

आगामी नोभेम्वरमा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनका लागि डेमोक्र्याट पार्टीको तर्फबाट कमला ह्यारिसले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

ह्यारिसले उम्मेदवारी घोषणा गर्दै भोट पाउनका लागि कडा मिहिनेत गर्ने समेत बताउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेको बताउनुभएको छ । आफू हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्न केन्द्रीत हुने बताउनुभएको हो ।

वर्तमान राष्ट्रपति जो बाइडेनले उम्मेदवारी नदिएपछि ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्ने मौका मिलेको हो ।

यसैबीच, पूर्वराष्ट्रपति बाराक ओबामा र उहाँकी पत्नी मिचेल ओबामाले समेत ह्यारिसको उम्मेदवारीलाई समर्थन गर्नुभएको छ ।    


प्रतिक्रिया