प्रधानमन्त्री ओलीलाई संसदबाट दुई तिहाइ सांसदको विश्वास प्राप्त

श्रावण ६, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाई सांसदको समर्थन हासिल गर्नुभएको छ ।

सबैभन्दा ठूलो दल काँग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले प्रतिनिधिसभाको बैठकमा आज उपस्थित २६३ मध्ये १ सय ८८ सांसदको मत पाउनुभएको हो ।

ओलीको पक्षमा काँग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायतका दलको समर्थन छ । विपक्षमा ७४ मत प¥यो भने मत दिन्न भन्नेमा १ मत परेको छ ।

प्रतिनिधिसभामा १ सय ८४ मतले दुई तिहाई पुग्छ । गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भइ गत सोमबारबाट कार्यभार थालेका प्रधानमन्त्री ओलीले संविधानको प्रावधानअनुसार विश्वासको मत लिनुभएको हो ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपासहितका दलले विपक्षमा मत दिएका छन् ।

काँग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने आधार तयार भएको थियो ।  


प्रतिक्रिया