सौर्य एयरलाइन्स दुर्घटनाः ५ जनाको शव आफन्तलाई बुझाइयो

श्रावण ११, २०८१ | काठमाडौं

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ५ जनाको शव आफन्तलाई बुझाइएको छ ।

दुर्घटनापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पु¥याइएको शवहरुको आफन्तलाई बुझाईएको हो । प्रहरी वृत्र महाराजगञ्जका अनुसार दुर्घटनामा ज्यान गुमाएका अस्मिन निरौला, उद्धव पुरी, सुशान्त कटुवाल, श्याम विन्दुकर र राजाराम आचार्यको शव आफन्तले बुझेका हुन् । बाँकी १३ वटा शव भने अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अस्पताल परिसरमा आज दिनभर मृतकका आफ्न्तहरुको भिड थियो । अधिकांश मृतकका आफन्तहरुले क्षतिपूर्तीको माग गर्दै शव लिन नमानेको बताइएको छ । पोष्टमार्टम सकिएका शवहरुको आज नै आफन्तलाई जिम्मा लगाउने तयारी भएपनि ५ जनाको शव मात्र आफ्न्तले बुझेको प्रहरीको भनाई छ ।

यसैबीच सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जोखिम मोलेर विमान चालक मनिषरत्न शाक्यलाई सकुशल उद्धार गरेको भन्दै प्रहरी प्रधान कार्यलयले डीएसपीद्वय सुकदेव खनाल र टेकबहादुर राउतसहित छ जना प्रहरीलाई अभिलेखमा रहने गरी पुरस्कृत गरेको छ ।  


प्रतिक्रिया