पछिल्लो ११ महिनामा १३ खर्ब २७ अर्ब रुपैयाँ बढी रेमिटयान्स भित्रियो

असार २६, २०८१

चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब रुपैयाभन्दा बढीको रेमिटयान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको वितीय प्रतिवेदन अनुसार गत बर्षको साउनदेखि यो बर्षको जेठसम्म रेमिटयान्स १९ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको हो । 

अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । यसैबीच, राष्ट्र बैंकका अनुसार ११ महिनाको अवधिमा १३ खर्ब ९ अर्ब २६ करोड रुपैयाँको वस्तु तथा सेवाको निर्यात भएको छ । त्यस्तै, झन्डै दुई प्रतिशत कमी आई १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयत भएको छ । 

यो अवधिमा भारतबाट भएको आयात ३ दशमलव १ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४ दशमलव ८ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १ दशमलव ७ प्रतिशतले घटेर १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया