आर्थिक वर्ष २०८०–८१ मा पुँजीगत खर्च ८० प्रतिशत माथि

असार ३१, २०८१ | काठमाडौं

आर्थिक वर्ष २०८०–८१ मा सरकारको पुँजीगत खर्च ८० प्रतिशत भन्दा बढी भएको छ ।

आर्थिक वर्षको अन्तिम दिनसम्म ८० दशमलव ४५ प्रतिशत पूँजीगत खर्च भएको हो ।

सरकारले विकास निर्माणका लागि चालु आर्थिक वर्षमा ३ खर्व २ अर्व बजेट विनियोजन गरेपनि खर्च हुने नदेखिएपछि मध्यावधी समिक्षामार्फत ५० अर्व रुपैयाँ घटाएर २ खर्व ५४ अर्व रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

पछिल्लो तथ्यांक अनुसार पुँजीगत खर्च ८० दशमलव ४५ प्रतिशत अर्थात १४ खर्ब ८९ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको हालसम्म ७२ दशमलव ४३ प्रतिशत राजस्व संकलन गरिएको छ । सरकारले मध्यावधी समिक्षा मार्फत राजश्व संकलनेको लक्ष्य पनि घटाएर १२ खर्व २ अर्व निर्धारण गरिएको थियो । गत वर्ष ६८ दशमलव २१ प्रतिशत राजस्व संकलन गरिएको थियो ।  


प्रतिक्रिया