सरकारसँग भएको दूध उत्पादक किसानको सम्झौता अझै कार्यान्वयन हुन सकेन

श्रावण २, २०८१ | काठमाडौं

दुग्ध विकास संस्थान डीडीसी र डेरी उद्योगीसंग यसअघी भएका सहमति कार्यन्वयन नभएको किसानले बताएका छन् ।

डेरी उद्योगीहरुले २०८० चैतसम्मको बक्यौता रकम भुत्तानी दिन यसअघी सहमति गरेपनि कार्यान्वयन नभएको उनिहरुको गुनासो छ । डीडीसी र उद्योगीहरुले आफुहरुलाई पटक पटक झुक्याएको किसानहरुले बताएका छन् ।

डीडीसी, डेरी उद्योगी र किसानबीच असार असार २७ गतेभित्र भुत्तानी गर्ने सहमति गरेको थियो । तर म्याद सकिसक्दा पनि कार्यान्वयन नभएपछि किसानहरु थप चिन्तित बनेका हुन् ।

रकम भुक्तानी गर्नका लागि सहमति हुने तर कार्यान्वयन नहुने प्रवृत्तिले किसानहरु आजित बनेको केन्द्रीय दुुग्ध सहकारी संस्थाका महासचिव रामप्रसाद आचार्यले गुनासो गर्नुभयो ।

संघ अन्तर्गत १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्था आबद्व छन् । यी संस्थाले करिब ६ लाख परिवारबाट औपचारिक रुपमा दैनिक करिब १२ लाख लिटर दूध संकलन र बिक्री गर्दै आएका छन् ।

यही दूध बिक्री गरेबापत् निजी डेरी उद्योग र दुग्ध विकास संस्थान डीडीसीले भने किसानलाई झण्डै ५ अर्व भुक्तानी गर्न बाँकी छ । अघिल्लो सरकारले किसानहरुको रकम भुुत्तानी दिलाउने सहमति गरेको म्याद कटेपछि कृषकहरु नयाँ सरकारको निर्णयको पर्खाईमा छन् ।   


प्रतिक्रिया