अर्थतन्त्र चलायमान बनाउन बैंकरहरूद्वारा अर्थमन्त्रीलाई आग्रह

श्रावण २, २०८१ | काठमाडौं

लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउन बैंकरहरूले अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेका छन् । 

नेपाल बैंकर्स संघका पदाधिकारीले आज अर्थमन्त्री पौडेललाई भेट्दै सो आग्रह गरेका हुन् ।

 बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्ष्यमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रूपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्नेमा अर्थमन्त्रीलाई ध्यानकर्षण गराएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । 

अध्यक्ष केसीले पछिल्लो समय वित्तीय क्षेत्रका बारेजनस्तरमा नकारात्मक धारणा बढ्दै गएको, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण भएको एंव बढ्दो खराब कर्जाका विषयमा बैंकरहरुले अर्थमन्त्रीलाई जानकारी गराएका थिए । 

जवाफमा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीको सहज समाधानका लागि सरोकारवाला एकजुट हुन आवश्यक भएको प्रतिक्रिया दिनुभयो ।   


प्रतिक्रिया