नेपालमा आर्थिक वर्ष २०८०÷८१ मा ८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

श्रावण ३, २०८१ | काठमाडौं

आर्थिक वर्ष २०८०÷८१ मा ८ अर्ब रुपैयाँबढी वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । 

उद्योग विभागका अनुसार ८० ÷८१को साउनदेखि असार मसान्तसम्म ८ अर्ब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिबद्धता आएको हो । 

प्रतिबद्धता अनुसार २२ हजार ९४ जनाले रोजगारी पाउने विभागले जनाएको छ । वर्षभर आएको प्रतिबद्धता मध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा आएको छ । 

सो क्षेत्रमा १ सय ९७ दशमलव ४८ प्रतिशत प्रतिबद्धता आएको छ भने सबैभन्दा कम खानी तथा उर्जा क्षेत्रमा ३ दशमलव १ प्रतिशत प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

 त्यस्तै ८० ÷८१ मा साना उद्योग तर्फ ३ सय ८६, मध्यम १५ तथा ठूला ६ वटा उद्योगमा लगानी आएको छ ।  


प्रतिक्रिया