मास्टरशेफ शाहको रेसिपीमा टु पिएम भेज र चिकेन मसला करी चाउचाउ बजारमा

श्रावण ३, २०८१ | काठमाडौं

एसियन थाइ फुड्सले टु पिएम चाउचाउका थप दुई वटा परिकार बजारमा ल्याएको छ । कम्पनीले भेज मसला करी र चिकेन मसला करी नाम दिइएको दुई परिकार बजारमा ल्याएको हो ।

टु पिएम चाउचाउका ब्रान्ड एम्बेसडर मास्टरसेफ सन्तोष शाहको रेसिपी अनुसार ती दुई परिकार ल्याइएको कम्पनीले जनाएको छ ।

बजारमा ल्याइएको चाउचाउको स्वाद गुणस्तर र प्याकेजिङ जस्ता सबै पक्षहरु उत्कृष्ट रहेको कम्पनीका प्रवन्ध निर्देशक महेश जाजुले बताउनुभयो ।

एसियन थाई फुड्सले रमपम, प्रिती र टु पिएम जस्ता चाउचाउ उत्पादन गर्दै आएको छ । कम्पनीले २७ वटा भन्दा बढी देशका बजारमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ । 


प्रतिक्रिया