निर्माण व्यवसायीको भुक्तानी रोकिँदैनः अर्थमन्त्री पौडेल

श्रावण ४, २०८१ | काठमाडौं

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने जिकिर गर्नुभयो ।

महासंघका पदाधिकारीसंगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गर्नुभएको थियो ।

सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलको भनाई थियो ।

अर्थमन्त्री पौडेलले पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।  


प्रतिक्रिया