असार महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब बढी राजस्व संकलन

श्रावण ६, २०८१ | काठमाडौं

आर्थिक वर्ष २०८० ÷८१ को अन्तिम महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असार महिनामा ४६ हजार १ सय ७९ संख्यामा घरजग्गा कारोबार हुँदा ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको हो ।

जुन आर्थिक वर्ष ७९ ÷८० को असार महिनाको तुलनामा ३३ करोड ८२ लाख ८४ हजार रुपैयाँ बराबरले कम उठेको हो ।

आर्थिक वर्ष ७९ ÷८० को असार महिनामा घर जग्गा कारोबार बाट ४ अर्ब २७ करोड ४२ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको विभागको तथ्याङ्क छ ।  


प्रतिक्रिया