सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समितिद्वारा स्थानीय तहसँग छलफल

श्रावण ७, २०८१ | काठमाडौं

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका सम्बन्धमा सम्वन्धित स्थानीय तहसँग छलफल गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलासँग समेत छलफल गरेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले बताउनुभयो ।

उहाँले देशभरका सहकारीको बारेमा जानकारी पाउनका लागि ७ सय ५३ वटै स्थानीय तह र ७ प्रदेशकै क्षेत्राधिकार भएका र त्यहाँ कार्यरत सहकारीको बारेमा विवरण संकलनमार्फत समेत जानकारी लिने प्रक्रिया अघि बढाएको बताउनुभयो ।  


प्रतिक्रिया