एक वर्षमा वीरगन्ज भन्सारबाट ६ खर्ब रुपैयाँ बढीको आयात

श्रावण १२, २०८१ | काठमाडौं

वीरगन्ज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा ६ खर्ब रुपैयाँ बढीको वस्तु तथा सामान आयात भएको छ ।

आर्थिक वर्ष २०८० ÷८१ मा ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको हो ।

गत आर्थिक वर्षमा ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार रुपैयाँ बराबरका नेपाली वस्तु नेपाल बाहिर निर्यात भएको छ ।

विदेशी मुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा सो नाकाबाट हुने व्यापार नै खुम्चिएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो ।  


प्रतिक्रिया