काभा यू–२० भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गीस्तानसँग खेल्ने

श्रावण ४, २०८१ | काठमाडौं

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको नेपाली टोली आज पहिलो जितको खोजीमा छ ।

यता, घरेलु टोलीमा ल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको किर्गिस्तान लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

नेपालले आफ्नो अन्तिम खेल भोली आयोजक माल्दिभ्ससँग खेल्नेछ ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने खेल पश्चात लिगमा पहिलो र चौंथो हुने तथा दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल साउन ८ मा हुनेछ ।


प्रतिक्रिया