एसिया कप महिला टी –ट्वान्टी क्रिकेटः थाइल्याण्डसँग मलेसिया २२ रनले पराजित

श्रावण ५, २०८१ | काठमाडौं

श्रीलङ्कामा जारी एसिया कप महिला टी –ट्वान्टी क्रिकेटमा आज भएको खेलमा थाइल्याण्डले मलेसियालाई पराजित गरेको छ ।

समूह बी अन्तरर्गत भएको खेलमा मलेसिया थाइल्याण्डसँग २२ रनले पराजित भएको हो । टस जितेर सुरुवाती ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो ।

१ सय ३४ रनको विजयी लक्ष्यसहित जवाफि मैदान उत्रीएको मलेसिया निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रनमा समेटिएसँगै थाइल्याण्डले जारी प्रतियोगितामा सुखद सूरुवात गरेको हो ।

आजको खेलको नतिजासँगै २ अंक जोड्दै थाइल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । यसअघि समूह ए अन्तरर्गत हिजो भएको खेलमा नेपालले यूएईलाई ६ विकेट तथा इण्डियाले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।  


प्रतिक्रिया