काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित

श्रावण ६, २०८१ | काठमाडौं

माल्दिभ्समा भइरहेको काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ । माले सिटीस्थित सोसल सेन्टरमा हिजो साँझ भएको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो । 

नेपालले २५-१६, २५-९, २५-१० को सोझो सेटमा जित पाएको हो । यसअघि नेपाली टोली लगातार दुई खेलमा पराजित भएको थियो । 

माल्दिभ्सलाई हराएपछि चार टोली सम्मिलित च्याम्पियनसिपमा २ अंकसहित नेपाल तेस्रो स्थानमा छ । सबै तीन खेलमा पराजित माल्दिभ्स भने अंकविहीन छ । यसअघि नेपाल श्रीलंकासँग ३-१ र कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो ।

यसैबीच, प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-२ को सेटमा पराजित गरेको छ । श्रीलंका लगातार तीन खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । 

दोस्रो स्थानको कीर्गिस्तानको चार अंक छ भने नेपाल दुई अंकहित तेस्रो स्थानमा रहेको छ । अब भोलि हुने सेमिफाइनलमा शीर्ष स्थानमा रहेको श्रीलंकाले अंक तालिकाको पुछारको माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, नेपालले कीर्गिस्तानरको सामना गर्नेछ । फाइनल खेल पर्सि मंगलबार हुनेछ ।


प्रतिक्रिया