श्रीलंका एसीसी महिला एसिया कप क्रिकेटको फाइनलमा

श्रावण १२, २०८१ | काठमाडौं

आयोजक श्रीलंका एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दाम्बुला रंगशालामा गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो । 

जितका लागि पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । श्रीलंकाका लागि कप्तान चमारी अथापथ्थुले ६३ रनको अर्धशतकीय इनिङस् खेलिन् । 

यस्तै, अनुष्का सन्जिवनीले २४, कविशा दिहारीले १७ र हर्षिता समरविक्रम १२ रन बनाएर आउट भईन् । पाकिस्तानका लागि सादीया इकवालले सर्वाधिक ४ विकेट लिइन् । 

त्यसअघि श्रीलंकाले टस जितर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । 

पाकिस्तानका लागि ओपनर मुनिबा अलिले सर्वाधिक ३७ रन बनाईन् । गुल फिरोजाले २५, निदा डारले २३ र फातिमा सानाले नटआउट २३ रनको योगदान दिइन् । 

श्रीलंकाका कविशा दिलहरी र उडिशिका प्रबोधानीले समान २/२ विकेट लिए । अब श्रीलंकाले उपाधिका लागि भोलि आइतबार हुने फाइनलमा साविक विजेता इण्डियासँग खेल्नेछ । 

इण्डियाले हिजो भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले १० विकेटले हराएको थियो । बंगलादेशले दिएको ८१ रनको सामान्य लक्ष्य इण्डियाले ११ ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । इण्डियाले ८ मध्ये ७ संस्करणको उपाधि जितेको छ । बंगलादेशले सन् २०१८ मा उपाधि जितेको थियो ।


प्रतिक्रिया