चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

फोटोः सिह्वा  

श्रावण १२, २०८१ | काठमाडौं

पेरिस ओलम्पिकको पहिलो स्वर्ण चीनले जितेको छ ।

चीनले १० मिटर एयर राइफल मिक्सतर्फ पहिलो स्वर्ण पदक जितेको हो ।

दक्षिण कोरियाली खेलाडीलाई पछाडी पार्दै चीनियाँ खेलाडीले स्वर्ण पदक जितेका हुन् । दक्षिण कोरियाले सो विधामा रजत पदक जित्दा काजाकस्तानले कास्य पदक जितेको छ ।

यसैबीच, दोस्रो स्वर्ण पदक जित्दै चीन पदक तालिकामा पहिलो स्थानमा छ ।

चीनले दोस्रो स्वर्ण पदक भने डाइभिङ अन्तर्गत महिलाको तीन मिटर स्प्रिङबोर्डबाट जितेको हो । सो विधामा अमेरिकाले रजत र बेलायतले कास्य पदक जितेका छन् ।   


प्रतिक्रिया