बागमती गोल्डकपः संकटालाई हराउँदै एपीएफ सेमिफाइनल प्रवेश

फाल्गुन ७, २०८१ | मकवानपुर

विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ क्लब सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मकवानपुरको बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा संकटालाई १–० गोलले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

 एपीएफलाई जीत दिलाउन सुजन कुमार पुलामीले ८३ औं मिनेटमा निर्णायक गोल गरे । पुलामी खेलको ८१ औं मिनेटमा अनिष महर्जनको स्थानमा मैदान प्रवेश गरेका थिए । गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणका उपविजेता टोलि हुन् । 

एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोट्र्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । 


प्रतिक्रिया