स्टुवार्ट ल नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त

चैत्र १६, २०८१ | रुपन्देही

अस्ट्रेलियाका पूर्व ब्याटर स्टुवार्ट ल नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । रुपन्देहीको भैरहवामा हिजो बसेको नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले स्टुवार्ट ललाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

अस्ट्रेलियाबाट १ टेस्ट र ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको क्यानले जनाएको छ । 

यस्तै, भारतका मनीष झालाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त गरिएको छ । झा मेमा हुने विश्वकप एसिया छनोटसम्म नेपाली महिला टोलीसँग रहनेछन् ।

सन् १९९४ देखि १९९९ सम्म अस्ट्रेलियाबाट खेलेका ५६ वर्षे स्टुवार्टसँग प्रशिक्षणको लामो अनुभव छ । उनी गत वर्ष अमेरिकामा भएको टी–२० विश्वकपमा अमेरिकाको प्रशिक्षक थिए । 

सन् २००९ मा उनी श्रीलंका राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए । त्यसपछि उनी २०११–१२ मा बंगलादेशको मुख्य प्रशिक्षक भए । २०१८ देखि उनी वेस्ट इन्डिजको मुख्य प्रशिक्षक भएका थिए । एउटा शृंखलाका लागि उनी २०२२ मा अफगानिस्तानको पनि प्रशिक्षक बनेका थिए ।


प्रतिक्रिया