एनएसएलको उद्घाटन खेलमा ललितपुर सिटी र काठमाडौंबीच २–२ गोलको बराबरी

चैत्र १६, २०८१ | काठमाडौं

नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर ललितपुर सिटी र काठमाडौं रेजर्सबीच २–२ गोलको बराबरी भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरले अन्तिम समयमा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

ललितपुरले खेलको छैटौं मिनेट र १५ औं मिनेटमा गरेको गोल मार्फत २–० को अग्रता बनाएको थियो । तर, ७६ औं मिनेटमा काठमाडौंले पुनरागमन गर्दै पहिलो गोल गरेको थियो । दोस्रो हाफको अतिरिक्त समयमा पुनः काठमाडौंले गोल गर्दै ललितपुरलाई बराबरीमा रोकेको हो ।

प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी एफसी गरी सात टोली सहभागी छन् । प्रतियोगिताको पहिलो संस्करण सन् २०२१ मा भएको थियो भने दोस्रो संस्करणको आयोजना सन् २०२३ मा भएको थियो ।  


प्रतिक्रिया