लागूऔषध कारोबारीविरुद्ध आक्रामक बन्दै प्रहरी, पक्राउ गर्न गोली नै प्रहार

जेष्ठ ११, २०८१

नेपालमा कानुुनी रुपमा प्रतिबन्धीत लागूऔषधको कारोबारमा संलग्न भएकालाई प्रहरीले पछिल्लो समय सक्रियताका साथ पक्राउ गर्न थालेको छ । विभिन्न देशमा पुुर्याउन लागूऔषध तस्करीको गिरोह नै सक्रिय हुने गरेको नेपालमा प्रहरीले अघिल्लो सातामात्र विभिन्न जिल्लाबाट ३ जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । लागू औषध कारोबारीबाट प्रहरीमाथि नैै आक्रमणको जोखिम हुने देखिएपछि गोली प्रहार गर्नुुको विकल्प नभएको प्रहरी अधिकारीहरु बताउँछन् ।

अघिल्लो साता प्रहरीले देशका विभिन्न भागमा गोली प्रहार गरि ३ जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो । लागूऔषध ब्यूरोले बिहिबार (जेठ ३ गते) सप्तरीको सप्तकोशी ५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल, सुनसरीको इटहरी उपमहानगरपालिका ५ का ४० वर्षीय श्याम निरौला र मंगलबार (जेठ १ गते) मोरङमा भारतका ४८ वर्षीय भागिरथ हरिजनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । 

गृहमन्त्रालय अन्तर्गतको प्रहरी प्रधान कार्यलय मातहत रहेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले यसमा संलग्नको निगरानी र नियन्त्रण गरि कारबाही प्रक्रिया चलाउँदै आएको छ । लागूऔषध बोकेर निर्वाध यात्रा गरिरहेकाहरुलाई शंस्कास्पद अवस्थामा जाँच गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्ने प्रयास हुुनेक्रम बढेपछि गोली प्रहार गर्नुपर्ने अवस्था आएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले बताए ।


नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २५ जना लागूऔषध प्रयोगकर्ता छन् । जुन संख्या बढेको अनुमान गरिएपछि अद्यावधिक तथ्याङ्क छैन । त्यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार छ सय ३४ जना प्रयोगकर्ता थिए । २०७६ कोे सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत छ ।

लागूऔषध ब्यूरोका अनुसार देशभरका विभिन्न १४ वटा जिल्लामा रहेका कार्यालय मार्फत लागूऔषध कारोबारी नियन्त्रणको प्रयास भइरहेका छन् । नेपालमा विदेशी मुलका नागरिक समेत लागूू औषध मुद्दामा पक्राउ पर्ने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाका हुँदै नेपालमा लागूऔषध भित्रिने गरेको छ । सुरक्षा कमजोरी हटाउन सके लागूऔषध तस्करीको संख्या कम हुने पूर्व प्रहरी एवं डिआइजी हेमन्त मल्लको बुुझाई छ ।


लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पछिल्लो ४ वर्षयता लागूऔषध मुद्दामा पक्राउ पर्नेको संख्या उकालो लागिरहेको छ । आर्थिक वर्ष २०७६÷७७ मा ४ हजार ५ सय ५४ जना पक्राउ परेकोमा २०७९÷८० मा आइपुुग्दा ६हजार १ सय ८६जना पक्राउ पररेका छन् । लागूूऔषध कारोबारी नियन्त्रणका लागि प्रहरीले प्रयास गरिरहेपनि त्यो पर्याप्त नभएको कतिपयको बुुझाई छ । कारोबारीलाई पक्राउ गरेर मात्र लागूऔषधको प्रयोग घटाउन नसकिने सम्वद्ध अधिकारीले बताएका छन् । सुधारकेन्द्र मार्फत सेवनकर्र्ताको बानी व्यवहारमा परिवर्तन ल्याउन सकिएमा लागू औषध नियन्त्रण गर्न सकिने नार्कोनन नेपालका रिह्याव स्पेशलीष्ट एवम् पूर्व प्रहरी अधिकृत वसन्तराज कुँवर बताउँछन् ।


लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गत वैशाख २७ मा पनि बाँकेबाट गोली चलाएर तीन जनालाई पक्राउ गरेको थियो । यस्तै वैशाख १७ झापाबाट एक जना भारतीय पक्राउ परेका थिए । यसअघिका घटनाहरुमा सामान्यतया लागूू औषध कारोबारीलाई नियन्त्रण भन्दा बाहिर जान सक्ने अवस्थामा मात्रै प्रहरीले गोली प्रहार गरेको उदाहारण छन् । लागूऔषधको मुद्दा अन्य कसुर जस्तो सहज नहुने र कारबाही धेरै हुने भएकाले प्रहरीबाट बच्न उनीहरुले जस्तोसुकै कदम चाल्ने गरेको पाइन्छ । त्यस्तो अवस्थामा प्रहरीले लागू औषध कारोबारीलाई पक्राउ गर्न गोली चलाउनुपर्ने बाध्यता भएको पूर्व डिआइजी मल्ल बताउँछन् ।

तथ्याङ्क अनुसार नेपालमा १ लाख २१ हजार ६ सय ९२ जना पुरुष र ८ हजार ७ सय ३२ जना महिला लागूऔषध प्रयोगकर्ता छन् । गृहमन्त्रालयका अनुसार बागमती प्रदेशमा लागूऔषध प्रयोग कर्ताको संख्या अन्य प्रदेशको तुलनामा उच्च देखिन्छ । जस अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा लागूऔषध प्रयोग कर्ताको संख्या ४६हजार ४सय ८० छ । जुज ३५ दशमलव ६३ प्रतिशत हो ।

यस्तै कर्णाली प्रदेशमा १ हजार ८ सय ११ जना लागूऔषध प्रयोगकर्ता छन् । जुन १ दशमलव ३८ प्रतिशत मात्र हो । गृहमन्त्रालयका अनुसार अफिम, कोका वा सोबाट बनेका लागूू औषध को कारोबार गर्ने प्रकृती र परिमाण अनुसार फरक फरक सजायको व्यवस्था गरेको छ । पच्चीस ग्रामसम्मको कारोवार गर्नेलाई दश वर्षसम्म कैद र २५ हजार रुपैयाँसम्म जरिवाना, १ सय सय ग्रामसम्मको कारोवार गर्नेलाई १५ वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना तोकिको छ । यस्तै १ सय ग्राम भन्दाबढी परिणामको कारोवार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद र पाँचलाख रुपैयाँदेखि पच्चीस लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुुनी व्यवस्था छ ।  


प्रतिक्रिया