विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन गर्न मन्त्रालयको निर्देशन

श्रावण ४, २०८१

विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन नगरेका अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यथाशिघ्र शुरु गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि २०७७ बमोजिम सेवा यथाशिघ्र शुरु गर्न र सेवा सञ्चालन गरेपछि मन्त्रालयलाई जानकारी गराउन पनि आग्रह गरेको छ । 

सो कार्यविधिको ढाँचा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालय र उपत्यकाका संघीय अस्पतालहरुबीच भएको छलफलका बुंदाहरु मन्त्रालयले सम्बोधन गरी कार्यविधिमा परिमार्जन गर्ने पनि मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । 


प्रतिक्रिया