ललितपुर र कैलालीमा गरी १० जनामा हैजा पुष्टि

श्रावण १२, २०८१

पछिल्लो समय ललितपुर र कैलालीमा गरी १० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेका अनुसार ललितपुरमा ७ र धनगढीमा ३ जना गरी १० जनामा पुष्टि भएको हो । हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरु मध्ये दुईजना उपचारपछि फर्किएका छन् । दुईजना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बेला भागे पनि सम्पर्कमा आइसकेका छन् । एकजना भने सम्पर्कविहिन रहेको निर्देशक घिमिरेले बताउनुभयो ।

कैलालीका संक्रमितको सेती अस्पताल र ललितपुरका संक्रमितहरुको टेकु तथा पाटन अस्पतालमा उपचार भइरहेको उहांले बताउनुभयो । इडिसिडीको टोलीले, प्रदेश, जिल्ला र स्थानीय पालिकासंग समन्वय गरेर थप खोजपडताल, संक्रमितको उपचार र संक्रमणको स्रोत पत्ता लगाउने काम गरिरहेको पनि उहांको भनाई छ । हैजा भएका व्यक्तिको दिशाको माध्यमबाट पानीमा जिटाणु फैलिने र सोही पानी सेवन गर्दा सर्ने जोखिम बढी रहेको भन्दै सतर्कता अपनाउन उहाँले आग्रह गर्नु भएको छ । 


प्रतिक्रिया