नेपालगञ्ज नाकाबाट ११ करोड बढीको आलु आयात

श्रावण १०, २०८१ | बाँके

बाँकेको नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८०÷८१ मा एक अर्ब ११ करोड रुपैयाँ बढीको आलु भारतबाट आयात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

आलुको आयात वृद्धि भएसंगै राजस्व सङ्कलन पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १३ करोड रुपैयाँ वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपैयाँको ४ करोड ४९ लाख ८४ हजार ६६९ किलो आलु भारतबाट आयात गरिएको छ ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९÷८० भन्दा गत आर्थिक वर्षमा १८ करोड रुपैयाँको आलु आयात वृद्धि भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत एवम सूचना अधिकारी पूर्णप्रसाद लम्सालले अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा गत आर्थिक वर्ष २०८०÷८१मा १८ करोड बढीको आलु आयात भएको बताउनुभयो । 


प्रतिक्रिया