नारायणी नदीमा डुबेर एक युवाको मृत्यु

जेष्ठ १७, २०८१ | नवलपरासी पूर्व

नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । नारायणी नदीको दोभानघाटमा डुबेर नवलपरासी पूर्वको गैंडाकोट गाउँपालिका–१४ का २८ वर्षीय सुनिल राना मगरको मृत्यु भएको हो । 

माछा मार्ने क्रममा नारायणी नदीमा डुबेको खबर पाएपछि खोजी गर्ने क्रममा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो । 

माछा मार्न गएका राना राति अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।


प्रतिक्रिया