Thursday, October 15, 2026
15°C Kathmandu
Air Quality in Kathmandu: 81

नमस्ते
मेरो शब्द संगीत मा सम्पदा ३ को लागि तयार भएको माया मारेको छैन,मन मारेको छैन।बोल्को गीत बिभिन्न कारण हरुको कारण मुग्लानीएका मनहरु प्रति समर्पित गीत हो। लाखौं युबाहरु जो देशमा चाहेर पनि बस्न पाएका छैनन,धेरैको कथा यो गीत सँग नजिक होला भन्ने मेरो अनुमान छ र यो गीतलाई सुमधुर आवाजको धनी सिडि बिजय अधिकारी जिले अन्तर मन देखी गाउनु भएको छ । बिन्दबसिनी म्युजिक प्रा। लि। ले बजार बेबस्थापन गरेको यो गीतले हजुरहरु माया साथ आशिर्बाद पाउछु भन्ने आशा राखेको छु अरु गीतले जस्तै ।