Monday, April 29, 2024

23.12°C Kathmandu

Air Quality in Kathmandu: 287

Shantiram Rai

नाम :  शान्तिराम राई ( प्राज्ञ / संगीतकार / गायक / लेखक )
जन्म : वि.सं. २०२७/०५/२३ (1970- Sep. 08)
स्थान : दिक्तेल गा.वि.स.—७, खोटाङ्ग जिल्ला
बुवा :  राहामान राई
आमा : मनहिरा राई
शिक्षा : एम.ए समाजशास्त्र (त्रि.वि.वि) र  
 एम.म्यूज. संगीतशास्त्र (इलाहाबाद भारत)
संप्रति : प्राज्ञ सभा सदस्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान–२०६७
 
संलग्नता
 
अध्यक्ष :  सगरमाथा युवा समाज, दिक्तेल खोटाङ्ग – २०५१ 
महासचिव : नेपाल साँगीतिक संघ, काठमाडौं – २०६० 
महासचिव : आदिवासी जनजाति चलचित्रकर्मी संघ, काठमाडौं – २०६३ 
उपाध्यक्ष :  आदिवासी जनजाती कला संस्कृति सञ्जाल – २०६६
महासचिव : नेपाली सङ्गीत निर्देशक संघ – २०६७
सल्लाहकार :  किरात सांस्कृतिक कलाकार संघ – २०६७ 
उपाध्यक्ष : रावासावा प्राज्ञीक समाज – २०६७
महासचिव : रोयल्टी संकलन समाज, नेपाल – २०६९
सल्लाहकार : किरात राई मौलिक सांस्कृतिक केन्द्र – २०६९
 
कार्य तथा अनुभव 
 
१. नेपालको अति विकट जिल्ला खोटाङ्गमा ०५६ सालमा प्रथम ऐतिहासिर्क दिक्तेल सांस्कृतिक महोत्सव’ आयोजना गरेर जिल्लाका पुराना कलाकारहरुलाई सम्मान गरेको र जिल्लाव्यापी गायन प्रतियोगिता गरेर नवप्रतिभाहरुलाई रेडियो नेपालमा ल्याई गीत रेकर्ड गराइदिई उनीहरुको हौसला बढाउने कार्य गरेको । साथै सो महोत्सवका लागि राजधानीबाट सूचना तथा संचार राज्यमन्त्री र नेपाल टि.भी. तथा रेडियो नेपाल प्रथम पटक खोटाङ्ग पु¥याई  ‘महोत्सव’ आफ्नै अध्यक्षतामा सम्पन्न गरेको ।
 
२. संविधानसभाको निर्वाचन २०६४ लाई सफल बनाउन आदिवासी जनजातिका ८ मातृभाषामा  निर्वाचन आयोगको लागि अडियो तथा भिडियो जिङ्गगल निर्माण /  निर्देशन गरी विभिन्न रेडियो, टेलिभिजनहरु मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरेको ।
 
३. राष्ट्रिय चलचित्र महोत्सव २०६२ मा “निर्णायक सहयोगी समूहको सदस्य” र नृत्य, गायन तथा संगीत समन्वय उपसमितिको सदस्य भई काम गरेको ।
 
४. निर्धारित समयमा संविधान जारी गराउन राजनीतिक दलका नेता तथा सभासदहरुलाई दवाव दिने उद्धेश्यले नेपालका ३० भन्दा बढी बहुचर्चित गायक गायीकाको  र ३०० भन्दा बढी विभिन्न पेशा कर्मी संघ संगठनहरुको संलग्नतामा “संविधान गीत” श्रव्य÷दृष्य निर्माण गरि दवाव पु¥याउने कार्यमा योगदान दिएको ।
 
भ्रमण
 
१. साँगीतिक कार्यक्रम प्रस्तुतिका लागि स्वदेशमा (नाम्चे, दमक, धरान, काठमाडौं पोखरा, 
       आदिको भ्रमण । 
२. साँगीतिक कार्यक्रम प्रस्तुतार्थ ०५८मा खाडीमुलुकहरु कतार,यु.ए.ई.,बहराईनको भ्रमण ।
३. हङकङमा एकल गायन शो २०६० (004 Feb) र २०६२ (006 Apr.)
 
प्रकाशित साङ्गीतिक कृतिहरुः
 
आयाम २०५३ (आधुनिक गीति एल्बमको संगीतकार)
मायाजाल २०५५ (लोकगीत एल्बमको गायन)
परदेशी २०५६ (आधुनिक गीति एल्बमको संगीतकार)
मिनी बसैमा २०५७ (लोकगीत एल्बमको गायन)
सोमबारे हाटैमा २०५८ (लोकगीत एल्बमको गायन)
मान्छेका गीतहरु २०५८ (आधुनिक गीति एल्बमको संगीतकार)
साधना ५९ २०५९ (आधुनिक गीति एल्बमको संगीतकार)
आगमन २०६० (आधुनिक गीति एल्बमको संगीतकार÷गायन)
मुसुक्कै हाँसेर २०६२ (लोक दोहोरी एल्बमको गायन) 
मेरो संगीत –१ २०६४ (आधुनिक गीति एल्वमको संगीतकार) 
मेरो संगीत –२ २०६४ (आधुनिक गीति एल्वमको संगीतकार ) 
मेरो संगीत –३ २०६४ (आधुनिक गीति एल्वमको संगीतकार)  
मेरो संगीत –४       २०६५ (पप आधुनिक गीति एल्वमको संगीतकार) 
मेरो संगीत –५ २०६५ (राष्ट्रिय गीति एल्वमको संगीतकार)
मेरो संगीत –६ २०६६ (आधुनिक गीति एल्वमको संगीतकार) 
मेरो सांगीतिक यात्रा २०६४ (म्युजिक भिडियोहरुको संग्रह) 
उत्साह २०६६ (ब्याकुल माइलाको गीतमा,आधुनिक गीति एल्वमका संगीतकार) 
द लाईफ             २०६६ (आधुनिक गीति एल्बमको संगीतकार )
समर्पण              २०६८ (आधुनिक गीति एल्बमको संगीतकार )
सूकृत               २०६९ (आधुनिक गीति एल्बमको संगीतकार )
रेडियो नेपालबाट ७०० भन्दा बढी राष्ट्रिय÷बाल÷आधुनिक÷भजन संगीतहरु प्रसारित
नेपाली कथानक चलचित्र ‘मनै त हो’– २०५६ का संगीतकार
 
प्रकाशित पुस्तक कृतिहरु 
 
सम्पादकः ‘खोटाङ्ग स्मारिका २०५७’
लेखकः  Biography 'My fifteenyears  (सांगीतिक संस्मरण) २०६१
लेखकः सङ्गीत ‘बाध्यवादन’ कक्षा ९ र १० को पाठ्यपुस्तक (नेपाल सरकार) 
लेखकः मेरो सङ्गीत कक्षा १ देखी ८ सम्मको पाठ्यपुस्तक २०६८
 
प्राप्त पुरस्कार तथा सम्मानहरु 
 
सर्वोत्कृष्ट संगीतकार — युगकवि सिद्धीचरण राष्ट्रिय संगीत प्रतियोगिता –  २०४९, काठमाडौं ।
सर्वोत्कृष्ट संगीतकार — वातावरण राष्ट्रिय संगीत प्रतियोगिता – २०५१, काठमाडौं ।
आरोह सांस्कृतिक समूह, काठमाडौंबाट ‘यूवा प्रतिभा सम्मान – २०५६’ द्धारा सम्मानित ।
पूर्वाञ्चल सांस्कृतिक सम्बद्र्धन केन्द्र, काठमाडौं ‘यूवा प्रतिभा सम्मान– २०५६’ द्धारा सम्मानित ।
सरगम सांस्कृतिक कलाकेन्द्र, धरानबाट ‘यूवा प्रतिभा सम्मान – २०५८’ द्धारा सम्मानित ।
खोटाङ्ग सेवा समाज, काठमाडौंबाट ‘यूवा प्रतिभा सम्मान – २०६०’ द्धारा सम्मानित ।
सर्वोत्कृष्ट संगीतकार — राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता सम्मेलन रेडियो नेपाल २०६१ ।
विशिष्ठ श्रेणी संगीतकार — रेडियो नेपाल २०६१ देखि 
Instyle production प्रा.ली. द्धारा “दोस्रो सर्जक सम्मान–२०६१” द्धारा सम्मानित ।
व्लू रेन एजुकेशन फाउण्डेसनद्धारा “अभिनन्दन –२०६३” 
कान्तिपुर एफ.एम द्धारा बर्षको टपटेन (आठौं) संगीतकार –२०६३
Youth Ambassador for peace award - 2008
रावा सावा प्राज्ञीक समाज द्धारा सम्मान  – २०६७
किरात राई यायोख्खा संगीत पुरस्कार तथा सम्मान – २०६८
ईमेज अवार्ड प्राप्त (बनाउँ संविधान गीतका लागी ) – २०६८
बेलायतद्धारा, खोटाङ प्रतिभा पुरस्कार तथा सम्मान – २०६९
 
Email : [email protected]

 

Previous Star On Red Carpet